झापा,बैशाख २९ । प्रेस क्लब मेचीनगरको आयोजनामा तीन दिवसीय कृत्रिम बुद्धिमत्ता ९एआई० सम्बन्धी तालिम आइतबार सम्पन्न भएको छ। शुक्रबारदेखि सुरु भएको तालिम आइतबार समापन समारोहका साथ सम्पन्न भएको हो।
समापन कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा प्रेस क्लब मेचीनगरका संस्थापक अध्यक्ष सन्तोष आचार्य, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीलगायतको उपस्थिति रहेको थियो।
तालिममा झापा जिल्लाका ५० जना भन्दा बढी पत्रकारहरूको सहभागिता रहेको थियो। सहभागीहरूलाई आम सञ्चार क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको प्रयोगबारे जानकारी दिने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। तालिमका प्रशिक्षकका रूपमा आम सञ्चार क्षेत्रका विज्ञ भानुभक्त आचार्य, शितल मण्डल तथा डिजिटल पत्रकारितामा कानुनी जटिलता बिषयमा तारामणि सापकोटा रहनुभएको थियो ।
कार्यक्रममा प्रेस क्लब मेचीनगरका पूर्व अध्यक्षहरू ज्ञानेन्द्र निरौला, मुक्ति पौडेल, निवर्तमान अध्यक्ष डम्बर बराल, मेचीनगर सञ्चार प्रतिष्ठानका अध्यक्ष शिशिर चम्लागाइ लगायतको सहभागिता रहेको थियो।
मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न तालिमको अध्यक्षता प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेलले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन क्लबका सचिव प्रविण अधिकारीले गर्नुभएको थियो।

(एआइको प्रयोग गरि तयार पारिएको समाचार र तस्बिर )