काकरभिट्टा, जेठ २९ । झापाको मेचीनगरस्थीत काकरभिट्टा माद्यमिक विद्यालयले खुलाएको शिक्षकको विज्ञापन लागि एक जना योग्यता पुगेका युवालाई निवेदन दिन बन्चित गरेको खुलासा भएको छ । काकरभिट्टा माविले साविक उच्च मावि तहको शिक्षक पदका लागि पहिलो पटक २०८१ जेठ ७ गते विज्ञापन गरेको थियो । उक्त विज्ञापनमा प्रचलित कानून बमोजिम नै त्रृटिपूर्ण देखिए पछि मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीको निर्देशनमा सच्याएर २०८१ जेठ २० गते म्याद थप गरी पुन विज्ञापन प्रकाशन गरिएको थियो ।
उक्त विज्ञापनका लागि सबै कागजात सामावेश गरि निवेदन दिदां मेचीनगर ९ का अनोज दाहालको निवेदन लिन नमानेको खुल्न आएको हो । निवेदन लिएर जाँदा अनेक बाहाना बनाएर फर्कादिएको दाहालले बताउनु भयो । ‘शुरुमा निवेदन लिएर जाँदा मुल बिषय मिलेन भनेर प्रधानाध्यपक हरि न्यौपानेले फर्कादिनु भयो,’ दाहालले भन्नुभयो, ‘दोस्रो पटक जाँदा शिक्षकको अनुमति पत्रको म्याद एक बर्ष भन्दा कम भएकाले निवदेन लिन नमिल्ने भनेर फर्काउनु भयो ।’
पहिलो पटक प्रकासित सूचना ।
पहिलो पटक विज्ञापन खुलाउँदा अनोज दाहाललाई निवेदन दिन नमिल्ने गरी नियम बिपरीत बिज्ञापन खुलाइएको थियो । निवदेनमा नै प्रचलित कानून मिचिएको देखे पछि नगर शिक्षा शाखाका प्रमुख भण्डारीले विज्ञापन सच्याउन निर्देशन दिनु भएको बुझिएको छ । सच्याइएको विज्ञापन पछि पनि दाहालको निवदेन लिइएन । अनुमति पत्रको म्याद एक बर्ष भन्दा कम भएकाले निवेदन लिन नमिल्ने भनेर प्रधानाध्यापक न्यौपानेले फर्काउनु भएको दाहालले बताउनु भयो ।
दोस्रो पटक प्रकासित सूचना ।
विद्यालयले खुलाएको विज्ञापन अनुसार आफुसंग सबै योग्यता पुगेको भए पनि पुर्वाग्रह राखेर निवेदन नलिए पछि जिल्ला शिक्षा तथा समन्वय इकाई झापामा उजुरी दिएको दाहालले बताउनु भयो । दाहालको उजुरी पछि २०८१ जेठ २८ गते जिल्ला शिक्षा तथा समन्वय इकाई झापाले दाहालको निवेदन लिनु भनि काकरभिट्टा माविका नाममा पत्रकार गरेको छ ।
शिक्षा विकास तथा समन्वय इकाईको पत्र ।
यस अघि पनि साविक उच्च मावि दरबन्दीका लागि खुलाइएको विज्ञापनमा परीक्षा दिनु भएका अनोज दाहाललाई हटाएर नियम विपरीत उमेर हद नाघेका फाल्गुनी दाहाललाई नियुक्ती दिए पछि उक्त बिषय अदालतसम्म पुगेको थियो । अदालतले फाल्गुनीको नियुक्ती गैरकानूनी भनि ठहर गरे पछि सोही पदमा पुन विज्ञापन गरिएको हो ।
शिक्षक छनौट समितिले शिक्षकको अनुमति पत्रको म्याद एक बर्षभन्दा कम भएकाहरुको निवेदन नलिने निर्णय गरेको हुनाले वहाँको त्यस्तै प्रकृतिको अवस्था रहेकाले निवेदन नलिएको काकरभिट्टा माविका प्रधानाध्यपक हरि प्रसाद न्यौपानेले बताउनु भयो । ‘छनौट समितिको निर्णय अनुसार नै गरेका हौं,’ न्यौपानेले भन्नुभयो, ‘शिक्षा विकास तथा समन्वयको पत्र आएको छ अब नगर शिक्षा शाखासंगको सल्लाहामा अगाडी बढ्छौं ।’