कार्तिक २३,झापा । झापाको निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसको महासमिति सदस्य पदका लागि अहिले निर्वाचन भइरहेको छ । धुलाबारीको टाउनहलमा जारी निर्वाचनमा १० पदका लागि १९ जना चुनावी मैदानमा रहनुभएको छ ।
खुल्लातर्फ पाँच जना छानिनुपर्नेमा ९ जनाको मनोनयन दर्ता भएको छ । आदिवासी महिला तर्फ भने डम्बरकुमारी थापा निर्विरोध निर्वाचित हुनुभएको छ । खुल्लातर्फ पाँच जना छानिनुपर्नेमा ९ जना चुनावी मैदानमा हुनुहुन्छ । नेताहरु केशबराज पाण्डे, लोकराज ढकाल, मणिकुमार उप्रेती, खड्ग बहादुर धिमाल, पुष्पराज पौडेल ,पंकजबिक्रम नेम्वाङ, अशोककुमार पोखरेल, राम कट्टेल र विमल आचार्यको उम्मेदवारीे छ । त्यस्तै २ जना निर्वाचित हुने खुल्ला महिला सदस्यका लागि ३ जनाले उम्मेदवारी दिनुभएको छ ।
महिला नेताहरु उषा गुरुङ, शोभा श्रेष्ठ नेम्वाङ र दुर्गा देवी खतिवडा चुनावी मैदानमा हुनुहुन्छ । त्यस्तै खसआर्य तर्फको खुल्ला सदस्यमा तेजप्रसाद चौलागाई र रोेहित कुमार बुढाथोकी तथा खस आर्य महिला तर्फ चन्द्रकला भट्टराई, शुशिला रिजाल र टिका सुवेदीको उम्मेदवारी परेको छ ।
आदिवासी जनजाती तर्फ प्रेम सम्बाहाम्फे र बालाजित राईले उम्मेदवारी दिनुभएको छ । महाधिवेशन प्रतिनिधिहरुले मात्रै उम्मेद्वार हुन पाउने काँग्रेसको महासमिति सदस्य चयनका लागि झापा १ का ६ सय ७ जना क्षेत्रीय प्रतिनिधिले मतदान गर्ने निर्वाचन अधिकृत चन्द्रशेखर गुरागाँइले जानकारी दिनुभयो ।


