मेचीनगर,भदौ १९ । नेपाल निजामती कर्मचारी युनियन झापाले बिभिन्न क्षेत्रका व्यत्तित्वहरुलाई सम्मान गर्दै आफ्नो ३३ औं स्थापना दिवस मनाएको छ ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको प्रमुख आतिथ्य तथा नेपाल निजामती कर्मचारी युनियन झापाका अध्यक्ष कविन्द्र विक्रम नेम्वाङको सभापतित्वमा भएको कार्यक्रममा पत्रकारसहित विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको हो ।
पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणमा विशिष्ट योगदान पु¥याएको भन्दै पूर्बाञ्चल दैनिकका सह सम्पादक तथा नेपाल पत्रकार महासंघका कोशी प्रदेश सदस्य सुरेन्द्र भण्डारी सम्मानित सम्मान गरिएको छ । त्यस्तै मेची अभियानका संयोजक विजय डालमियालाई सामाजिक क्षेत्रमा विशिष्ठ योगदान पु¥याएकोमा सम्मान गरिएको छ ।
सम्मानित भण्डारी र डालमियालाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, विशिष्ठ अतिथि सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपाने , नेपाल निजामती कर्मचारी युनियन झापाका अध्यक्ष बविन्द्र विक्रम नेम्वाङले संयुक्त रुपमा सम्मान पत्र प्रदान गर्नुभएको छ ।
यहि कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन झापाका पूर्व अध्यक्षहरु देवी घिमिरे, दिननाथ लम्साललाई पनि सम्मान गरिएको छ । त्यस्तै उत्कृष्ट कर्मचारीहरु बिर्तामोड नगरपालिकाका कर्मचारी शोभादेवी दाहाल र वन रक्षक शिरीमणि गुरुङपनि सम्मानित हुनुभएको छ ।
युनियनले अवकास प्राप्त कर्मचारीहरु मेची प्रादेशिक अस्पतालका मेसु जयकुमार ठाकुर, दमक नगरपालिकाका शाखा अधिकृत जीवराज भट्टराई, मेचीनगरका कमल प्रसाद कोइराला, सिप विकास तथा तालिम केन्द्रका रमेश कोइराला, मेची नगरपालिकाका इन्द्र वहादुर थापा, सडक डिभिजन कार्यालय दमकका अम्विका देवी अधिकारी, जिल्ला हुलाक कार्यलयका विष्णु प्रसाद अधिकारी, सुचित राजवंशी, मदन राजवंशी, यातायात कार्यालयका सुभास कुमार श्रेत्री, मेची भन्सार कार्यालयका महेश कुमार न्यौपाने, डिभिजन वन कार्यालयका युवराज दाहाल, अनमी मुनादेवी सापकोटा लाई पनि सम्मान गरेकोे छ ।