झापा,असार ३० । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.को नयाँ सञ्चालक समितिलाई पदभार हस्तारन्तरण गरिएको छ । संस्थाले आज आठौँ सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम आयोजना गरि नयाँ सञ्चालक समितिलाई पदभार हस्तान्तरण गरेको हो ।
वि सं २०७६ साउन १ गतेबाट कार्यभार ग्रहण गरेका सातौँ सञ्चालक समितिले आज बाट औपचारिक रूपमा आफ्नो जिम्मेवारी नवनिर्वाचित सञ्चालक समितिलाई हस्तान्तरण गरेको हो ।
संस्थाका नवनिर्वाचित अध्यक्ष ठाकुरप्रसाद सिवाकोटी,बरिष्ठ उपाध्यक्ष भगवती घिमिरे ,उपाध्यक्ष विष्णु गौतम,सचिव विकासप्रसाद उपे्रती र सह सचिव अम्बिकाप्रसाद ढकालले आज बाट पदभार ग्रहण गर्नुभएको हो ।
त्यस्तै सदस्यहरु राजु उप्रेती ,पवित्रा न्यौपाने ,हरिप्रसाद आचार्य,कुन्तादेवी खनाल,तोमप्रसाद भट्टराई ,सीताकुमारी श्रेष्ठ ,दुर्गाप्रसाद भट्टराई ,सावित्रा दाहाल भट्टराई, देवीप्रसाद उप्रेती र प्रेमप्रसाद मैनालीले पनि कार्यभार सम्हाल्नुभएको छ । त्यस्तै नवनिर्वाचित लेखा समितीको संयोजक रचना दाहाल तथा सदस्यहरु फाल्गुनी दाहाल र एकेन्द्र उप्रेती पनि पदभार ग्रहण गर्नुभएको छ ।
संस्थाको गत २०७९ पुस २ गते सम्पन्न साधारणसभाबाट गठित निर्वाचन समितिद्वारा निर्वाचन सम्पन्न भई नयाँ सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति गठन भएको थियो । पदस्थापन कार्यक्रममा सातौँ सञ्चालक समितिले आफनो कार्यकालको समिक्षात्मक प्रतिवेदन र निर्वाचन समितिले निर्वाचन प्रतिवेदन प्रस्तुत गरेको थियो ।
