झापा, वैशाख १७ । महिला पत्रकारहरुको संगठन सञ्चारिका समूहले झापाका पत्रकार उमाकान्त खनाललाई याैन दुर्व्यवहारकाे आराेप लगाउँदै घट्नाप्रति ध्यानाकर्षण भएकाे जनाएकाे छ ।
घट्नाबारे समुहले आज विज्ञप्ती प्रकासित गरी बिर्तामाडबाट सञ्चालित सुर्याेदय टेलिभिजनमा कार्यरत महिला पत्रकार भावना लिङदेनलाई साेही टेलिभिजनका सम्पादक खनालले दुर्व्यवहार गरी कामबाट समेत विस्थापित गरिएको आरोप लगाएकाे छ ।
सञ्चारिका समूहले घट्ना बारे ध्यानाकर्षण भएको र दोषीलाई कारवाही तथा पीडित पत्रकारको सामाजिक जीवन तथा पेशागत सुरक्षाको प्रत्याभूत गर्न सरकार समक्ष माग गरेको छ ।
`यस निन्दनीय घट्नाप्रति सञ्चारिका समूह खेद व्यक्त गर्दछ र दोषीलाई कारवाही तथा पीडित पत्रकारको सामाजिक जीवन तथा पेशागत सुरक्षाको प्रत्याभूत गर्न सरकार समक्ष माग गर्दछ’ संस्थाका महासचिव बसन्ती बास्तोलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार महिलामाथि भएको यौन हिंसाको घटनामाथि छानविन गरी दोषीलाई कारवाही गरी पीडितको पेशागत सुरक्षाको ग्यारेन्टी नभए यस्ता घटनाले पत्रकार महिलाहरुको जीवनरक्षा र पेशागत दायित्वमाथि गम्भीर आघात पुग्ने छ ।’
‘यौन दुर्व्यवहारमा संलग्न रहेका सम्पादक खनाललाई कानुनी कारवाहीको दायरामा ल्याउन र पीडित पत्रकारको सामाजिक प्रतिष्ठामा भएको क्षतिपूर्ति तथा पेशागत सुरक्षाको प्रवन्ध गर्न सम्बन्धित नियामक संस्था र स्थानीय प्रशासन समक्ष सञ्चारिका समूह जोडदार माग गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।
केही दिन अघि आफुलाइ सम्पादकले याैन दुर्व्यवहार गरेकाे भन्दै सुर्याेदय टेलिभिजनमा कार्यरत पत्रकार लिङदेनले भिडियाे नै बनाएर सामाजिक सञ्चालमार्फत सार्वजनिक गर्नु भएकाे थियाे ।घट्ना सार्वजनिक गरेसंगै पत्रकार लिङदेन पत्रकारिताबाट बिस्थापित हुनु भएकाे छ ।