मेचीनगर,चैत १९ । महिला जनचेतना केन्द्र काँकरभिट्टा झापाले सुरु गरेको वातावरण संरक्षण अभियान अन्र्तगत आज इट्टाभट्टामा अन्र्तक्रिया कार्यक्रम गरिएको छ ।
मेचीनगर नगरपालिकाका सातवटै वडामा अभियानलाई फैलाउने उदेश्य लिएको संस्थाले आज वडा नम्बर ७ लाई समेटेर कार्यक्रम गरेको हो । स्थानीय स्तर बाट नै वातावरण संरक्षणको पहल गर्न र वातावरण प्रदुषणलाई बृद्धि गर्ने कारक तत्वहरु पहिचान गरि न्यनुनिकरण गर्ने उद्देष्यले सञ्चालन भइरहेको अभियानले तल्लो तह सम्मै जोडिएर काम गर्ने योजना बनाएको छ । सोही अनुसार आज वडा नम्बर ७ क्षेत्रका चटपटे व्यवसायी तथा स्थानिय परिकार बेच्ने व्यवसायी संग अन्र्तक्रिया गरिएको छ ।
शहर देखि ग्रामीण क्षेत्र सम्म फैलिएका यस्ता व्यवसायमा प्रयोग हुने प्लाष्टिक जन्य सामाग्री तथा छापा कागजको सट्टामा के प्रयोगमा ल्याउने भन्ने बिषयमा छलफल भएको छ । माटो तथा वातावरण संरक्षणका लागि सबैले आ - आफ्नो स्थान बाट भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको कार्यक्रममा प्लाष्टिक जन्य सामाग्री तथा छापा कागजको बिकल्पमा पात ,टपरी वा स्टीलका सामान प्रयोग गर्न सकिने निष्कर्ष निकालिएको छ ।
करिब ४० जना सहभागि रहेको कार्यक्रममा चटपटे व्यवसायीहरुले अभियानमा जोडिने प्रतिबद्धता जनाएका छन । स्थानिय स्तरमा उपल्बध हुने र माटोलाई असर नर्गने पात तथा टपरी प्रयोग गर्न उनिहरु सकरात्मक देखिएका छन । मेचीनगर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष प्रल्हादमणि ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व महिला जनचेतना केन्द्रकी अध्यक्ष सिता गुरुङले गर्नुभएको थियो । कार्यक्रममा मेचीनगर लेडी जेसीसकि अध्यक्ष रश्मि थापा,निर्वतमान अध्यक्ष सिता गिरी पुरी वडा नम्बर ७ का सदस्यहरु शान्ता दर्नाल,मिनमाया सुब्बा र राजकुमारी राई उपस्थित रहनुभएको थियो ।
कार्यक्रमको सहजीकरण संस्थाका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक राधा प्रधानले गर्नुभएको थियो । अभियान अन्र्तगत संस्थाले यसअघि विभिन्न वन उपभोक्ता समिति ,संघ संस्था तथा काकरभिट्टा र बाहुनडाँगीमा अन्तरक्रिया गरिसकेको छ । मेचीनगर नगरपालिका, मेची उद्योग बाणिज्य संघ तथा काँकरभिट्टा खानेपानी उपभोक्ता समिति समेतको सहकार्यमा अभियान सञ्चालन भइरहेको संस्थाकि अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।