झापा, चैत १५ । नारी सञ्चार गृह झापाले नयाँ नेतृत्व प्राप्त गरेको छ ।
मंगलबार बिर्तामोडमा सम्पन्न झापाका महिला सञ्चारकर्मीहरुको छाता संस्था नारी सञ्चार गृहको चौथो जिल्ला अधिवेशनले नयाँ समिति सर्वसम्मत चयन गरेको हो ।
जसको अध्यक्षमा रेजिना गौतम सर्वसम्मत चयन हुनुभएको छ । यस्तै समितिको उपाध्यक्षमा लीला अनमोल, सचिवमा मायामितु न्यौपाने, कोषाध्यक्षमा स्वस्तिका आचार्य र सहसचिवमा जोश्ना श्रेष्ठ चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा भारती राई, टिका पोखरेल, अनुषा चुडाल, दिपा पोखरेल, विनिषा शर्मा गौतम, मिना विश्वकर्मा हुनुहुन्छ । संस्थाको विधान बमोजिम पहिलो बैठकले एकजना सदस्य मनोनित गर्नेछ ।
गृहकी संस्थापक अध्यक्ष सावित्रा दाहालको संयोजकत्वमा मोहन काजी न्यौपाने, ज्ञानेन्द्र निरौला, राजु पाठक सदस्य रहनुभएको निर्वाचन समितिले निर्विरोध नेतृत्व चयनमा भूमिका खेलेको थियो ।
यसअघि संस्थाका अध्यक्ष भिमा शिवाकोटीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गोविन्दचन्द क्षेत्री, वर्तमान अध्यक्ष एकराज गिरी, प्रेस युनियन कोशी प्रदेशका उपाध्यक्ष ज्ञानेन्द्र निरौला, प्रेस चौतारीका झापा अध्यक्ष मनकुमार गदाल, प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठक लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।