झापा, फागुन २८ । नेपाल शिक्षक संघ झापाको अध्यक्षमा तोया दाहाल ( भाष्कर ) चयन हुनु भएकाे छ ।
संघको नवौं जिल्ला अधिवेशनबाट दाहाल सर्वसम्मत अध्यक्ष चयन हुनु भएकाे हाे । दाहाल नेपाल शिक्षक महासंघ झापाको सचिव समेत हुनुहुन्छ ।
नेपाली काँग्रेस निकट शिक्षकहरूकाे संस्थाका रूपमा रहेकाे संघकाे उपाध्यक्षमा कुमार खतिवडा र महिला उपाध्यक्षमा धनकुमारी (लता) खरेल, सचिव देवेन्द्र सिंह राजवंशी, अर्थसचिव गणेश गिरी चयन भएका छन् ।
पाँच जना सहसचिवमा युवराज कट्टेल, मनकुमार योङ्हाङ, तुलसा निरौला मैनाली, हरिप्रसाद राजवंशी र रिता निरौला चयन हुनु भएकाे निर्वाचन समितिका सदस्य युवराज ढकालले जानकारी दिनु भयाे ।
ढकालका अनुसार संघकाे जिल्ला समिति सदस्यहरूमा टंकप्रसाद भट्टराई, हरीप्रसाद प्रसाई, रूद्रप्रसाद धमला, तेजस्वी पाैडेल, देवकी राजबंशी, सिता सिटाैला दाहाल र निर्मला पाेखरेल चयन हुनु भएकाे छ ।
संघकाे जिल्ला अधिवेशनले तेजप्रसाद चाैलागाई, लिलाप्रसाद भण्डारी, नरहरी न्याैपाने, कृष्णप्रसाद वन, भरत भट्टराई, मेनुका भट्टराई, भुमादेवी आङदम्बे र फूलहेरा खातुनलाई प्रदेश अधिवेशन प्रतिनिधिका रूपमा चयन गरेकाे छ । त्यस्तै संघकाे संघिय अधिवेशन प्रतिनिधिमा नेत्रप्रसाद खरेल, चित्रकला ओली, रूपक दाहाल, बद्री कार्की, भवानीप्रसाद लुइटेंल, कृष्णमाया रिजाल र अनिता रिजाललाई चयन गरेकाे छ ।
संघको जिल्ला अधिवेशनको उदघाटन नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिर्तामोडस्थीत काँग्रेस जिल्ला पार्टी कार्यालयमा शनिबार गर्नु भएकाे थियाे ।