झापा, फागुन ७ । नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समितिको दोश्रो अधिवेशन सम्पन्न भएको छ ।
शनिवार इलामको चुलाचुलीस्थित चपेटीमा सम्पन्न यूनियनको दोश्रो अधिबेशनले पत्रकार बिष्णु पौडेलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा नगेन्द्रमणि न्यौपाने, महिला उपाध्यक्षमा शान्ति सुब्बा, सचिव सन्तोष विष्ट र कोषाध्यक्षमा नवराज न्यौपाने चुनिएका छन । यसैगरि, सदस्यहरुमा युवराज रेग्मी, दिलकुमारी राई, प्रकाश चम्लागाई र देव तिम्सीना चुनिएका छन ।
यूनियनको अधिबेशनले निवर्तमान अध्यक्ष विष्णु सुब्बाको संयोजकत्वमा पाँच सदस्यीय एक सल्लाहाकार समिति समेत गठन गरेको छ । सल्लाहकार समितिको सदस्यहरुमा गिरीराज भट्टराई, सेसेहाङ फियाक, बेणुप्रसाद अधिकारी र आत्मराम राजवंशी रहेका छन ।
बनभोजसहितको अधिबेशनमा युनियनकी केन्द्रीय सचिव रोजिना रोदन। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य महेन्द्रकुमारी लिम्बू, नेपाल पत्रकार महासंघका प्रदेश कोषाध्यक्ष बिमल लामिछाने, प्रेस युनियन प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौला, गञ्जबहादुर दाहाल, कांग्रेस प्रदेश १ का सदस्य भूमिराज राई, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई,प्रेस चौतारीका केन्द्रीय सदस्य टिकाराम उप्रेती,प्रेस सेन्टरका प्रदेश सचिव चिरन्जीवि घिमिरे लगायतले बोलेका थिए । वेणु अधिकारीले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा यूनियनका सदस्यहरु, विभिन्न पत्रकारजन्य संगठनका प्रतिनिधि गरि जिल्लभरिका एक सय पत्रकारहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा कांग्रेसका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, महाधिवेशन प्रतिनिधि विक्रम अधिकारी, प्रदेश क्षेत्र सभापति रवि केसी, दमक नगर सभापति प्रकाश प्रसाइँ, एडभान्स अस्पतालका सञ्चालक चैतन्य बराल, निम्स नेशनल हस्पिटलका अध्यक्ष उमाकान्त आचार्य लगायतको आतिथ्य रहेको थियो ।