मेचीनगर,माघ १६ ।मेची उद्योग वाणिज्य संघको निर्वाचनमा व्यवसायीका दुईवटा प्यानल भिड्ने भएका छन् । निर्वाचनका लागि सोमबार नेपाली काँग्रेस निकट व्यवसायी र सत्ता गठबन्धन दलहरुका व्यवसायीले अलग–अलग उम्मेद्वारी दर्ता गराएका छन् । माघ २१ गते हुने निर्वाचनमा १६ पदका लागि निर्वाचन हुँदैछ ।
सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेका खेम प्रसाईंले अध्यक्ष पदमा उम्मेद्वारी दिनुभएको छ । नेपाली काँग्रेसबाट मोहन निरौलाले अध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराउनुभएको छ । प्रसाइले माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीको साझा उम्मेदवार बन्नुभएको हो ।
साझा गठबन्धन दलहरुको तर्फबाट अध्यक्ष पदमा एमालेका खेम प्रसाईंसहित वरिष्ठ उपाध्यक्ष पदमा माओवादी केन्द्रका पन्नालाल जैन, उद्योग उपाध्यक्ष पदमा एमालेका आनन्द खड्का, वाणिज्य उपाध्यक्ष पदमा रास्वपाका भीमबहादुर कुँवर, महिला उपाध्यक्षमा राप्रपाकी सुनिता शर्मा तथा महासचिव पदमा एमालेका दिनेश शाक्यले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।
यस्तै, सदस्य पदमा एमालेबाट दिपेन्द्रराज पाण्डे, केपी सिवाकोटी, भीम विष्ट, गोपालप्रसाद गुप्ता र कृष्णकुमारी सुवेदी, माओवादी केन्द्रबाट श्रवणकुमार बानियाँ, पवित्रा तिवारी, राप्रपाबाट ललित अग्रवाल, रास्वपाबाट इन्द्रप्रसाद भण्डारी र एसपाबाट श्रवणकुमार साहले उम्मेद्वारी दिनुभएको छ ।