धुलाबारी, कार्तिक २६ । मानवअधिकार तथा शान्ति समाज झापा शाखाकाे सभापतिमा शुशिला रिजाल चयन हुनु भएकाे छ । शनिबार धुलाबारीमा सम्पन्न अधिवेशनले सभापतिमा रिजाल सहित जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेकाे छ ।
दुइ बर्षे कार्यकालका लागि उपसभापतिमा प्रकाश दाहाल, सचिव धनु भट्टराई, सहसचिव ज्ञानु थापा र काेषाध्यक्ष प्रेमप्रकाश भण्डारी चयन हुनु भएकाे संस्थाका निवर्तमान अध्यक्ष महेन्द्र विलास लुटेलले जानकारी दिनु भयाे । त्यस्तै सदस्यहरूमा रमेश दाहाल, युवराज ढकाल, पवित्रा दर्नाल, भास्कर निराैला, चेतनाथ बाँस्ताेला देबेन्द्र पाैडेल, प्रमिला खनाल, खड्गकुमारी तिम्सिना, मिलनकुमार ढुगाना र लक्षेन्द्र यादब चयन हुनु भएकाे छ ।
समाजका जिल्ला सभापति लिलाप्रसाद भण्डारीकाे सभापतित्वमा सम्पन्न अधिवेशनमाले केन्द्रिय कार्यलय भवन निर्माणका लागि एक लाख रकम जिल्ला शाखाकाे तर्फबाट सहयाेग गर्ने निर्णय गरेकाे सभापति भण्डारीले बताउनु भयाे । अधिवेशनले आगामी पुसमा हुने राष्ट्रिय परिषद बैठकमार्फत चयन हुने केन्द्रिय कार्य समितिमा ज्ञानेन्द्र निराैलालाई केन्द्रिय सदस्यमा उम्मेद्वारी दर्ता गराउने समेत शाखाले निर्णय गरेकाे भण्डारीले जानकारी दिनु भयाे ।
अधिवेशनकाे उदघाटन सत्रमा केन्द्रिय प्रतिनिधि बिष्णु चापगाइ, केन्द्रिय सचिव बिकास थापा, झापाका पुर्व सभापति टिकेन्द्र खनाल र नवनिर्वाचित सभापति शुशिला रिजाल लगायतले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे । ६ जना आजिवन सदस्य थप गरेकाे अधिवेशनमा उपाध्यक्ष शुभास रिजालले स्वागत मन्तव्य र सचिव रमेश दाहालले सञ्चालन गर्नु भएकाे थियाे ।
