झापा, भदौ २६ । मेचीनगर नगरपालिका वडा नं. ८ मा रहेको आदर्श मावि जिल्ला विद्यालय कार्यसम्पादन परीक्षणमा मेचीनगर नगरपालिका स्थित आदर्श माध्यमिक विद्यालय झापा जिल्लाकै कै उत्कृष्ट भएको छ । शैक्षिक गुणस्तर केन्द्रले भदौ २३ गते सार्वजानिक गरेको प्रतिवेदन अनुसार झापा जिल्लाका ११२ सामुदायिक माध्यमिक विद्यालय मध्ये आदर्श मा.विले ८४.१३ अङ्क प्राप्त गरि पहिलो बनेको हो ।
देशभरका ४ हजार ८ सय ६७ विद्यालयको कार्यसम्पादन परीक्षणमा मेचीनगर नगरपालिकाका १३ वटा सामुदायिक माध्यमिक विद्यालय मध्ये ५ वटा विद्यालय मध्यम स्तरमा परेका छन । जसमा धुलाबारी मा.वि (७६.३८), सहिद दशरथ चन्द मा.वि (७६.१६), कवि शिरोमणी मा.वि (७४.२८), काकरभिट्टा मा.वि (७२.३७) रहेका छन ।
शैक्षिक गुणस्तर केन्द्रले विद्यालयमा लगानी, प्रकृया, उपलब्धी, सेवा प्रदान गरिएका विद्यार्थी सख्या गरि ४ वटा क्षेत्रलाइ मुल्याङ्कनको आधार मापदण्ड मानेर १०० पुर्णाङ्कमा विद्यालयको कार्यसम्पादन परीक्षण गरेको थियो । परीक्षणको प्राप्ताङ्कको आधारमा कमजोर (४०%) भन्दा कम), सामान्य (४०—७०%), मध्यम (७०—९०%) र उत्तम (९०%) माथी गरि विद्यालयलाई ४ स्तरमा बर्गीकरण गरेको छ ।
मेचीनगर नगरपालिका भित्रका ८ वटा माध्यमिक विद्यालय सामान्य स्तरमा परेका छन । कार्यसम्पादनमा सबै भन्दा कमजोर पशुपती मा.वि. मेचीनगर ४ (५७.२१) देखिएको छ । सामान्य स्तर तर्फ मेची जनसाधारण मा.वि. मेचीनगर २ (६७.९५), सरस्वती मा. वि. मेचीनगर ४ (६७.५१), जनता मा. वि. मेचीनगर ३ (६४.७४), भानु मा.वि. मेचीनगर २ (६४.४), ज्यामिरगढी मा.वि. मेचीनगर १५ (६३.४७), बलभद्र जनता मा. वि. मेचीनगर ११ (६३.०५) र सरस्वती बालकल्याण मा.वि. मेचीनगर १२ (६०.३४) रहेका छन ।
भदौ २३ गते सार्वजानिक गरेको परीक्षणमा कास्कीको विन्ध्यवासिनी मा.विले ९४.५९ अङ्क सहित कार्यसम्पादनमा देश कै उत्कृष्ट विद्यालय बन्न पुगेको छ ।