बिर्तामोड, भदौ २५ । झापा विर्तामोडस्थीत नयाँ उज्यालो बचत तथा ऋण सहकारी संस्थाको कुल शेयर रकम दुई करोड ३७ लाख ६२ हजार पुगेको छ । संस्थाको आज सम्पन्न ११ औं बार्षिक साधारण सभामा संस्थाकी अध्यक्ष शुस्मा पौडेलले प्रस्तुत गर्नु भएको प्रतिवेदन अनुसार सहकारीले अहिलेसम्म ९ करोड ४२ लाख ५६ हजार २८७ रुपैया निक्षेप संकलन गरेको छ भने ३ करोड १५ लाख ६७ हजार ७९४ रुपैया ऋण लगानी गरेको छ ।
२०६९ बैशाख २५ गते ७७ जनाबाट सूरु गरिएको नयाँ उज्यालो सहकारी संस्थामा हाल २ हजार ३ सय ६७ जना शेयर सदस्य रहेका छन ।
अध्यक्ष पौडेलको सभापतित्व तथा बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सहायक प्रवन्धक कमल खनाल, जिल्ला सहकारी संघ झापाकी सदस्य देवीमाया अधिकारी, साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष देवी निरौला वस्नेत, मिलनसार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद बाँस्कोटालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा ज्येष्ठ शेयर सदस्य बृहस्पति शर्मा घिमिरे, यमबहादुर बराइली, मुनुदेवी भण्डारी, विष्णुमाया घिमिरे, नरबहादुर कटुवाल, असल बचतकर्ता बेनुकुमारी यादव, महादेव राजवंशी , देवलोक चौधरी, ललिता दास, गायत्री राजवंशी, रमेशकुमार कार्की, असल ऋणी धु्रव श्रेष्ठ, अमा पुरी, संगिता कुमाल, सितादेवी भूजेल, तिलचन गिरी, उत्कृष्ट कर्मचारी योगमाया दाहाललाई सम्मान गरिएको थियो ।
संस्थाका लेखासमिति संयोजक गणेशकुमार पोखरेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा उपाध्यक्ष प्रेमचन्द्र लिम्बूले औचित्य तथा संस्थाको गतिविधीमाथि प्रकाश पार्नु भएको थियो ।
सदस्य विदुर खनालले स्वागत मन्तव्य राख्नु भएको साधारण सभाको खुल्ला संस्थाका सहसचिव शिवराज पौडेलले गर्नु भएको थियो । संस्थाको बन्द सत्र समेत आजै सम्पन्न भएको अध्यक्ष पौडेलले जानकारी दिनु भयो ।