बिर्तामोड, जेठ १३ । नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसको अवसर पारेर नेपाल प्रेस युनियन झापा शाखाले अपाङ्ग वालवालिकाहरुलाई खाद्य सामग्री हस्तान्तरण गरेर गरेको छ । झापा अर्जुनधारा नगरपालिका वडा नं–६ मा सञ्चालित अपाङ्ग वाल शिक्षा सरोकार केन्द्रलाई प्रेस युनियन झापाले खाद्य सामग्री हस्तान्तरण गरेको हो । केन्द्रमा रहेका वालबालिकाका लागि चामल, दाल, आलु, तेल, नुन लगायतका सामग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गोविन्दचन्द्र छेत्रीले लोकतान्त्रिक पत्रकारहरुको छाता संस्था प्रेस युनियनको ऐतिहासिक पृष्ठभूमि बताउँदै पत्रकारले लेखनमार्फत हरेक क्षेत्रको विकासका लागि सरोकारवालालाई झक्झक्याउने गरेको बताउनुभयो ।
वाल शिक्षा सरोकार केन्द्रको वास्तविकता सार्वजनिक गरेर सहयोग र दीर्घकालीन सञ्चालनका लागि कलममार्फत नै सहयोग गर्ने छेत्रीको प्रतिबद्धता थियो । अपाङ्ग बाल शिक्षा सरोकार केन्द्र संरक्षणको सम्पुर्ण जिम्मेवारी स्थानीय सरकारले लिनुपर्ने बताउँदै उहाँले कलमको माध्यमबाट वाल संरक्षण केन्द्रको स्थायीत्व , विकास उन्नतिका लागि आफुहरुले पनि भुमिका खेल्ने बताउनुभयो ।
युनियन झापाका अध्यक्ष ईन्दु पुर्वेलीले युनियनको स्थापना दिवसको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै वाल संरक्षण केन्द्रको विकासका लागि कलम मार्फत सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । समाचार संकलन, लेखन सगसँगै सामाजिक एवं सेवा क्षेत्रमा कार्य गर्ने उद्देश्यले सरोकार केन्द्रमा कार्यक्रम राखिएको पूर्वेलीको भनाई थियो ।
प्रदेश पार्सद ज्ञानेन्द्र निरौलाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव डिल्लीराम घोर्साईले गर्नुभएको कोषाध्यक्ष ओमप्रकाश भट्टराइले जानकारी दिनुभयो । कार्यक्रममा युनियनका केन्द्रीय पार्षद यज्ञ पाठक, रेजिना गौतम ,कोषाध्यक्ष ओमप्रकाश भट्टराई, जिल्ला सदस्य रणदेव हजाम ,शेखर सेढाई, जोस्ना श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।