झापा, भदौ ३० ।
नेपालमा २०७८ सालको शुरुवातमा नै राष्ट्रिय जनगणना हुँदैछ । यो पटकको जनगणनाको महत्व अलि फरक छ । यो जनगणना संघिय संरचनामा गए पछि पहिलो पटक हुन गइरहेको जनगणना हो । जनगणनामा आएका तथ्याङ्ककै आधारमा देश विकासको योजना बनाउने भएकाले पनि २०७८ को जनगणनाले संघिय गणतन्त्र नेपालको विकाशका लागि बिषेश महत्व राख्छ ।
आगामी बर्ष हुने जनगणनाले हरेक ब्यक्तिको ५२ प्रकारका सुचना संकलन गर्नेछ । त्यस्तै सामुदायिक बिषयका करिब एक सयवटा नयाँ सूचना जनगणनाले ल्याउने देखिन्छ ।
२०७८ सालमा गरिने जनगणनाका लागि केन्द्रीय तथ्याङ्क विभागले तयार पारेको प्रश्नावली मन्त्रिपरिषदको बैठकले २०७७ साउन २६ गते स्वीकृत गरिसकेको छ । मन्त्रि परिषदबाट स्वीकृत भएका जनगणनाका प्रश्नावली कस्ता छन त ?
यस्ता छन जनगणनामा सोधिने प्रश्न ।
घर सम्बन्धी एउटा प्रश्न यस्तो छ, यो घर कति तलाको छ र बनेको कति बर्ष भयो ?
परिवार सम्बन्धी एउटा प्रश्न यस्तो छ, तपाइको परिवारले बैंक, सहकारी संस्था वा बित्तिय संस्थाबाट ऋण लिएको छ ?
त्यस्तै अर्को प्रश्न यस्तो छ, तपाइको परिवारले प्रयोग गरेको घरको जग के ले बनेको छ ?
यी र यस्ता थुप्रै प्रश्न छन । जसको जवाफ आम मानिसले सजिलै दिन गारो मान्छन । त्यसैले जनगणनामा सरकारले खटाएका गणकले बिषेश चनाखो हुनु पर्ने हुन्छ ।
जनगणनामा गतल तथ्याङ्क आयो भने त्यसले देश विकासमा दुरगामी असर पर्छ । तथ्याङ्क सहि नभएर मिथ्याङ्क भयो भने त्यसको नकरात्मक असर चौतर्फी रुपमा पर्न सक्ने खतरा पनि हुन्छ । त्यसैले जनगणना पुर्व आम नागरिकलाई पनि गणकलाई सहि सुचना दिनका सबै तहका सरकारले आवहान गर्नु पर्छ ।
यो पनि पढ्नुहोस ।
हेर्नुहोस राष्ट्रिय जनगणना २०७८ का लागि तयार गरिएका पुरा प्रश्नावली ।