झापा, भदौ २७ । झापाको मेचीनगर लेडी जेसीजले स्वास्थ्य सम्बन्धी कार्यक्रम गरेर जेसीज सप्ताह मनाउन लागेको छ । कोरोना र अन्य थुप्रै स्वास्थ्य समस्या देखा परिरहेको बेला भएका कारणले पनि जेसीज सप्ताह अन्तर्गतका सबै कार्यक्रम स्वास्थ्य सम्बन्धी नै राखेको मेचीनगर लेडी जेसीजकी अध्यक्ष शुशिला खतिवडाले जानकारी दिनु भयो ।
जेसीज सप्ताह सम्बन्धी जानकारी दिने उद्देश्यले आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष खतिवडाले फरक फरक बिधाका स्वास्थ्य सम्बन्धी कार्यक्रम गरेर भदौ २८ गते सोमबारदेखि असाजे २ गतेसम्म जेसीज सप्ताह मनाउन लागिएको बताउनु भयो ।
जेसीज सप्ताह अन्तर्गत पहिलो कार्यक्रम भदौ २८ गते रक्तदान कार्यक्रम धुलाबारी बजारमा आयोजना हुने अध्यक्ष खतिवडाले बताउनु भयो । त्यस्तै दोस्रो कार्यक्रम भदौ २९ गतेका दिन बालदिवसको अवसर समेत परेकाले वालवालिकाहरुको आँखा परिक्षण कार्यक्रम राखिएको छ । धुलाबारीका इजि केयर मन्टेश्वरी र नयनतारा मन्टेश्वरीका वालवालिकाहरुको आँखा परिक्षण गरिने अध्यक्ष खतिवडाले जानकारी दिनु भयो ।
जेसीज सप्ताह अन्तर्गत नै भदौ ३१ गते तीन वटा कार्यक्रम सम्पन्न हुनेछन । धुलाबारी माविमा हुने तीन वटा कार्यक्रममा काकरभिट्टा स्वास्थ्य केन्द्रका प्रमुख लेखनाथ खतिवडाद्वारा निशुल्क स्वास्थ्य परिक्षण गराइने छ । त्यस्तै आगमन मेडिकल हलको प्राविधिक सहयोगमा रगत, दिशा र पिसाब सम्बन्धी परिक्षण पनि भदौ ३१ गते नै सम्पन्न हुनेछ भने धुलाबारी डेन्टर केयरको प्राविधिक सहयोगमा दन्त परिक्षण पनि सोही दिन सम्पन्न हुने अध्यक्ष खतिवडाले बताउनु भयो ।
जेसीज सप्ताहको अन्तिम कार्यक्रम तथा समापन असोज २ गते शनिबारका दुई वटा कार्यक्रम हुनेछन । जसमा बिहान ११ बजे डा निरज रौनियारबाट नाक कान र घाँटी सम्बन्धी स्वास्थ्य परिक्षण हुने भने दिउँसो २ः३० बजे महिलाहरुका लागि पाठेघरको मुखको परिक्षण (भिआइए परिक्षण) हुने अध्यक्ष खतिवडाले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । असोज २ गते हुने दुवै कार्यक्रम धुलाबारी बजारस्थीत आगमन मेडिकल हलमा नै सम्पन्न हुने अध्यक्ष खतिवडाले जानकारी दिनु भयो ।
तेराख प्रतिष्ठान धुलाबारीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष खतिवडा सहित पुर्व अध्यक्ष टिका सुवेदी, कार्यकारीणी उपाध्यक्ष सुभद्रा नेपाल र उपाध्यक्ष बबिता प्रसाईले मेचीनगर लेडी जेसीजले कोरोनाको संंकटका बेला समेत दर्जन बढी कार्र्यक्रम सफलता पुर्वक सम्पन्न गरेको बताउनु भएको थियो ।
