रुपान्तरणकारी योजना तर्जुमाका लागि प्रशंसनीय खोज व्यक्ति तथा संस्थाहरुमा शुसुप्त अवस्थामा रहेका सकारात्मक तत्वहरु उजागर गरेर सकारात्मक परिणामको लागि अभिप्रेरित गर्ने विधी हो । यसले जीवन, परिवेश, समुदाय र संस्थाहरुलाइ नयाँ र सकारात्मक तवरवाट हेर्न, त्यहाँ भएका सबैखाले सकारात्मक तत्वहरुको पहिचान गरेर ती तत्वहरुको अभिवृद्धि गर्दै त्यहा भएका सबै खाले कमजोरीहरुलाई निष्कृय बनाउने गरी आगामी दिनहरुको लागि सकारात्मक रुपान्तरणकारी दृष्टिकोण बनाउन, व्याख्या गर्न र दृष्टिकोणलाइ कार्यान्वयनमा ल्याएर नयाँ जीवन प्राप्त गर्न मार्ग खोल्ने बैज्ञानिक, व्यवाहारीक र प्रणालीगत विधी हो।यस विधिको सहि सदुपयोगले यथास्थितीमा रुमल्इिरहको जीवन र संगठनमा नयाँ नयाँ अवसरहरु सिर्जना हुन्छन ।
यस विधीको प्रयोगले ब्यक्ति वा संस्था भित्र वेवास्था गरिएका संभावनाका मुनाहरु फक्रिने अवसर पाउँदछन र तीनै संभावनाहरुको प्रष्फुटनले चमत्कारीक सकारात्मक रुपान्तरण ल्याउदछन। यस तालिममा यस विधीको प्रयोगका कारण प्राप्त परिणामहरु, यसका सैद्धान्तिक आधारहरु, विभिन्न क्षेत्रको प्रयोगमा भएका सिकाईहरु समेटेर तयार गरिएकोले यो तालिम सैद्धान्तिक तथा ब्यबहारिक दुबै हुनेछ ।
यो तालिमका सहभागीहरुले जीवन तथा संस्थाहरुलाई सफल मार्गमा कसरी डोर्याउन सकिन्छ र दिगो र सकारात्मक परिवर्तनको लागि कसरी नेतृत्व गर्न सकिन्छ भन्ने बारेमा सैद्धान्तिक तथा ब्यबहारीक ज्ञान एव सीप प्राप्त गरी जीवनमा नयाँपन अनुभव गर्न सक्नेछन ।
चार दिनसम्म सञ्चालन हुने यस तालिमका सहजीकरण यस विधीका संस्थापक प्रोफेसर डा. डेभिड कुपरराइडर तथा प्रोफेसर डा. रोनाल्ड फ्राईका विधार्थी तथा यस विधीका सर्टिफाइड प्रशिक्षकहरुद्वय श्री बुद्धि तमांग र डा. रामचन्द्र लामिछाने सहितका विज्ञहरुले समेत गर्नु हुनेछ ।
सरकारी, गैरसरकारी, निजी तथा व्यवसायिक संस्था, वित्तिय, शैक्षिक एवम स्वास्थ्य तथा पर्यटन संस्थाहरुको योजना तर्जुमा प्रकृयमा नेतृत्वदायी भुमिका खेलिरहनु भएका वा योजना तर्जुमाको लागि सहजकर्ताको रुपमा कार्य गरिरहनु भएका वा सहजकर्ताको रुपमा करियर बनाउन चाहनेहरुलाई लक्षित गरीयो । कार्यक्रम आयोजना गरिएको कुरा ईरिप्सका कार्यक्रम निर्देशक विलियरिवाजले जानकारी दिनु भएको छ।