गर्छौँ त्रुटि हामी मनन छैन
फर्केर हेर्ने पनि चलन छैन
पीडा दिनेको नै गर्यौँ पूजा
ईश्वर थुनामा छन् भजन छैन
बन्दै विवश बोल्छन् गरिब सारा
इच्छा बहुत छन् किन्तु धन छैन
टाढा लखेटिन्छन् सधैँ कौवा
तिनको मिठो बोली वचन छैन
मर्दा दुखै लुक्ने थियो उसको
मनले चुनेजस्तो मरन छैन
प्रकाशित मिति:
शुक्रबार, जेठ १२, २०८०, ०६:०७:००