झापा, जेठ १० । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का घरेलु तथा साना उद्योग समितिको सभापतिमा मनोनित हुनुभएको छ । महासंघको गत बैशाख ३ गते बसेको पहिलो कार्यकारिणी वैठकले खड्कालाई घरेलु तथा साना उद्योग समितिको सभापतिमा मनोनित गरेको हो ।

वैठकले अध्यक्ष चन्द्रप्रसाद ढकाललाई अख्तियारी प्रदान गरे अनुसार विधानको दफा ३८ (ग) बमोजिम केन्द्रीय सदस्य खड्कालाई सो समितिको सभापतिमा मनोनित गरेको जनाइएको छ । खड्का मेची उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।
प्रकाशित मिति:
बुधबार, जेठ १०, २०८०, ०७:१६:००