बिर्तामोड,जेठ ८ । झापाको बिर्तामोड नगरपालिकाले डोजर चलाएर कृषिथोक बजारको घरटहरा हटाएको छ ।
विर्तामोड नगरपालिका–५ मा रहेको बुधबारे हटिया हटाउन लामो समय प्रयास गरेको नगरपालिकाले अन्तयमा बल प्रयोग गरेको हो ।
हटिया खाली गराउन नगरपालिकाले पटकपटक पत्राचार र सूचना जारी गरको थियो । तर व्यापारीले अटेर गरेपछि आज डोजर प्रयोग गरी नगरपालिकाले टहरा भत्काउन थालेको हो । टहरा भत्काउन ७ वटा डोजर परिचालन गरिएको छ
भने भारी संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको विर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपाने जानकारी दिनुभयो ।
सुरुमा उद्योग बाणिज्य संघ विर्तामोड तथा व्यापारीहरुले डोजर चल्न नदिन प्रयास गरेका थिए । व्यापारीले एउटा डोजरका अगाडि सिसा समेत फुटाइदिएका छन् । यसअघि बिर्तामोडका १० वटै वडाका ५४ जना जनप्रतिनिधिहरुको आज विहान बसेको विशेष बैठकले बजार खाली गराउने निर्णय गरेको थियो ।
प्रकाशित मिति:
सोमबार, जेठ ८, २०८०, १५:०३:००