मेचीनगर, जेठ ७ । नेपाल प्रहरीको सक्रियतामा मेचीनगर ७ बाट एक अपाङ्ग बृद्धको उद्धार भएको छ । दाहिने खुट्टा नभएको, बोल्न पनि नसक्ने अन्दाजी ६० बर्षिय बृद्ध हिजो मेचीनगर ७ मा बेवारिसे अवस्थामा फेला परेका थिए । जसलाई अस्थायी प्रहरी बिट इटाभट्टामा रहनुभएका सुरक्षाकर्मीहरुको सक्रियतामा उद्धार गरी मानव सेवा आश्रम विराटनगर पठाइएको हो ।
‘बोल्न पनि नसक्ने उहाँको ठेगाना भने खुल्न सकेन, हामीले मेचीनगर ७ को प्यारीभिट्टामा फेला पारेका थियौँ ।’ अस्थायी प्रहरी बिट इटाभट्टाका प्रमुख हेम भुजेलले भन्नुभयो ‘वडा कार्यालय समेतको सहकार्यमा मानव सेवा आश्रम विराटनगर पठायौँ, प्रहरी समुदाय सगँसगैँ सबैको साथी हो, अपांगता भएका मानवलाई सहयोग गर्नु पनि हाम्रो कर्तव्य हो।’
उहाँका अनुसार वृद्धको एक ब्यागमा २३ हजार भन्दा धेरै रकम पनि फेला परेको थियो । उक्त पैसा समेत सुरक्षाका साथ बृद्धको साथमा पठाइएको प्रमुख भुजेलले जानकारी दिनुभयो ।
प्रकाशित मिति:
आईतबार, जेठ ७, २०८०, ०८:०८:००