झापा, जेठ ६ । नेपाली कांग्रेस झापा जिल्ला समितिले विधान विपरित जिल्ला सदस्य मनोनित गरेको भन्दै त्यसको विरोध स्वरुप कांग्रेसका युवा नेता रूपसागर अधिकारीले जिल्ला समितिलाई नेपाली कांग्रेसको विधान हस्तान्तरण गर्नु भएकाे छ ।
काँग्रेस प्रदेश अधिवेशन प्रतिनिधि समेत रहनु भएका अधिकारीले पार्टीकाे विधान अध्ययन गरेर काम गर्न भन्दै झापा क्षेत्र १ `क´ का सभापति हरी बुढाथोकीमार्फत जिल्ला समितिलाई विधान बुझाएकाे बताउनु भयाे ।
विधान विपरित जिल्ला सदस्य मनोनयन गरिएकाले विरोध स्वरुप विधान हस्तान्तरण गरेकाे अधिकारीले बताउनु भयाे ।
उहाँले जिल्ला सदस्य चिन्न गाह्रो हुने भन्दै जिल्ला सदस्यको पहिचानका लागि कार्ड नै लगाएर हिँड्नुपर्ने अवस्था आउने भन्दै १८ थान कार्ड होल्डर समेत प्रदान गरेको बताउनुभयाे ।
काँग्रेस झापाले एक साता अघि ८९ जिल्ला सदस्य मनाेनित गरेकाे थियाे ।
प्रकाशित मिति:
शनिबार, जेठ ६, २०८०, ०८:३५:००