मेचीनगर, जेठ ४ । मेचीनगरमा आजबाट जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता शुरु हुँदैछ ।
स्थानीय मिलन क्रिकेट क्लबको आयोजनामा आजबाट ‘झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिता’ शुरु हुन लागिरहेको हो । मेचीनगर ६ स्थित तुर्केनी खेल मैदानमा विहान १० बजेबाट शुरु हुने प्रतियोगिता अन्तर्गत आज दुई खेल हुनेछ ।
जसअन्तर्गत पहिलो खेलमा छात्रा तर्फ काँकरभिट्टा मा.वि. र सूर्योदय इङ्लिस बोर्डिङ स्कुल बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा छात्र तर्फको अरुणोदय आवासिय अंग्रेजी विद्यालय र सुर्योदय इङ्लिस बोर्डिङ स्कुल बिच प्रतिस्पर्धा हुने आयोजकले खेलतालिका सार्वजनिक गर्दै जानकारी दिएको हो ।
जिल्ला भरीबाट विद्यालयहरुले सहभागिता जनाउने प्रतियोगिता १६ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
प्रकाशित मिति:
बिहिबार, जेठ ४, २०८०, ०८:४८:००