बिनु खड्का ।
इलाम, जेठ ३ । नेकपा एमालेका नेता तथा कोशी प्रदेशसभा सदस्य राम राना माथि आज ढुङ्गा प्रहार भएको छ । नेकपा एमाले जिल्ला कमिटि इलामको बैठकका लागी इलामको माङसेबुङ्ग जाँदै गर्नु भएका सांसद राना माथि माङसेबुङ्ग ३ स्थित पुरानो गाविस भवन छेउमा अज्ञात समुहले ढुङ्गा प्रहार गरेका हुन ।
प्रदेश १ को नामाकरण राख्दा प्रदेश सभामा कोशी प्रदेश नामको प्रस्तावक रहेका रानालाई असन्तुष्ट समूहले ढुङ्गा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख दिलिप घिमिरेले बताउनु भयो । ढुङ्गा प्रहारबाट राना चढेको बा २ झ ३७३७ नम्बरको गाडिको अगाडि र पछाडिका सिसा फुटेको छ । आक्रमण पछि राना कार्यक्रममा सहभागी नभई दमक फर्किनु भएको बताइएको छ । उक्त घट्नामा संलग्न ब्यक्तिहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
प्रकाशित मिति:
बुधबार, जेठ ३, २०८०, १८:०९:००