झापा,जेठ ३ । डिजेल र मट्टीतेलको मुल्य घटेसंगै सरकारले लामो दूरीको सार्वजनिक यातायातको भाडा घटाएको छ ।
डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले आज बाट लागु हुने गरि यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर कायम गरेको हो ।
यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको विभागले जनाएको छ ।
यस अघि काकरभिट्टा देखी काठमाडौँ सम्मको भाडा १७ सय रहेकोमा ५६ रुपैयाँ घटेर १६ सय ८४ कायम भएको छ । त्यस्तै बनियानीबाट काठमाडौंको भाँडादर ५७ रुपैयाँ घटेको छ । यसअघि १७ सय ८३ रहेको भाडा घटेर १७ सय २६ कायम भएको छ ।
यस्तै बाहुनडाँगी बाट काठमाडौंको भाँडा पनि ५६ रुपैयाँले घटेको छ । यसअघि १७ सय ६३ रहेको भाडा घटेर १७ सय ७ निर्धारण भएको छ । त्यस्तै काठमाडौं देखि धुलाबारी हुदै शान्तिनगर सम्मको भाडा १७ सय २० निर्धारण भएको छ । यसअघि यो रुटको भाडा १७ सय ७७ रहेकोमा ५७ रुपैयाँले घटेर १७ सय २० निर्धारण भएको हो ।
नयाँ भाडादर अनुसार अब काकरभिट्टाबाट पोखरा जाने यात्रुले साबिकको भन्दा ५२ रुपैयाँ कम तिर्नुपर्ने हुन्छ । यसअघि १६ सय ११
रहेको भाडा घटेर १५ सय ५९ निर्धारण भएको छ ।
हेर्नुहोस नयाँ भाडादर
















प्रकाशित मिति:
बुधबार, जेठ ३, २०८०, १२:२८:००