झापा, वैशाख २३ । शिक्षक अमृता पाठक चाैलागाईकाे पहिलाे कृति `चैतु काका´ कथा संग्रह लाेकार्पण भएकाे छ ।
आज धुलाबारी माविकाे सभा हलमा आयाेजित भव्य कार्यक्रमका बिच प्रमुख अतिथि प्राज्ञ सभा सदस्य विवस पाेखरेल सहित कथाकार चाैलागाईका बुवा आमा कपिलमुनि पाठक, कमलादेवी पाठक र सासु ससुरा अम्बिकादेवी चाैलागाइ, कृष्णप्रसाद चाैलागाईकाे हातबाट सामुहिक रूपमा चैतु काकाकाे लाेकार्पण गरिएकाे हाे । १६ वटा कथा समावेश गरिएकाे चैतु काका पुस्तककाे टिप्पणी नेपाली लेखक संघ झापाका अध्यक्ष समेत रहनु भएका आख्यानकार कुमार भट्टराईले गर्नु भएकाे थियाे ।
लाेकार्पण कार्यक्रममा बाेल्दै कथाकार चाैलागाई
ईन्द्रेणी महिला साहित्यिक मञ्च मेचीनगरकाे आयाेजनामा सम्पन्न लाेकार्पण कार्यक्रममा प्रमुख अतिथि पाेखरेल, कृतिकार अमृता चाैलागाई, प्राज्ञ सुभद्रा भट्टराई, मेचीनगर शिक्षा शाखा प्रमुख हाेमनाथ भण्डारी, राम कट्टेल र पत्रकार चन्द्र भण्डारीले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।
कार्यक्रमकै बीच प्रतिभावान विद्यार्थी मेचीनगर ९ की उषा निराैलालाई नगद र सम्मान पत्रले सम्मानित गरिएकाे थियाे ।
इन्द्रेणी महिला साहित्यिक मञ्चकी कार्यावाहक अध्यक्ष लिना भण्डारीकाे सभापतित्वमा सम्पन्न कार्यक्रम खिलु खनाल रेग्मीले स्वागत मन्तव्य र मुना रानाकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।
प्रकाशित मिति:
शनिबार, वैशाख २३, २०८०, १२:१२:००