झापा, वैशाख २३ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जुनसुकै बिषयमा दोषी देखिएकालाई राजनितिक दलको संलग्नताका आधारमा उन्मुख्ती दिनु नहुने बताउनु भएको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर गरिएको ठगी प्रकरणका बारेमा बोल्दै झापा १ का प्रतिनिधि सभा सदस्य समेत रहनु भएका शर्माले मेरो दल र मेरो नेता भनेर दोषीलाई जोगाउनु नहुने बताउनु भएको छ ।
कानुनले काम गर्दा राजनीति चुप बस्नुपर्ने शर्माले बताउनु भयो । ‘राजनीतिले काम गर्दा कानुनले खबरदारी गर्न सक्छ,’ शर्माले भन्नुभयो, ‘कानुनले काम गरेको बेला राजनीति चुप बस्नुपर्छ । मेरो दल, मेरो नेता भन्न पाइन्नँ ।’
यो अमुक दल वा नेताको विषय नभएको भन्दै वहाँले सम्बन्धित निकायले छानबिन गर्ने बताउनु भयो । यो बेला राजनीतिक दलहरुले निर्दोष नपरुन, दोषीलाई कानुनी कारबाही गर्नुपर्छ भनेर मात्र भन्नुपर्ने महामन्त्री शर्माले बताउनु भयो ।
प्रकाशित मिति:
शनिबार, वैशाख २३, २०८०, ०७:२१:००