झापा, वैशाख २० । नेकपा एकिकृत समाजवादी झापाले काकरभिट्टाकाे मेची डाँडाका स्थानीयसंग रकम असुलेर जग्नगाकाे क्कली धनिपुर्जा वितरण गर्नेलाई कानूनी कारबाही गर्न माग गरेकाे छ ।
नेकपा एस झापाकाे आज बसेकाे सचिवालयकाे बैठकले स्थानीयलाई ठगी गरी नक्कली धनिपुर्जा वितरण गर्नेलाई कडा भन्दा कडा कानूनी कारबाही गर्न स्थानीय प्रशासनसंग माग गर्ने निर्णय गरेकाे नेकपा एस झापाका सचिव बि पि भट्टराईले जानकारी दिनु भयाे ।
बैठकले पुर्व पश्चीम रेलमार्गमा परेकाे बाहेकका जमिनकाे कित्ताकाट गर्ने निर्णय गरेकाेमा नेकपा एसका नेता तथा भाैतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई धन्यबाद दिने समेत निर्णय गरेकाे सचिव भट्टराईले बताउनु भयाे ।
मेचीनगर ६ स्थीत मेची डाँडाका स्थानीयहरूबाट माेटाे रकम असुल गरी नक्कली धनिपुर्जा बाँढेकाे आराेपमा तिन जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
प्रकाशित मिति:
बुधबार, वैशाख २०, २०८०, २१:२८:००