झापा,वैशाख १९ । झापाकी सांसद निशा डाँगी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचेतकमा नियुक्त हुनु भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको संसदीय दल बैठकले डाँगीलाई सचेतकको जिम्मेवारी दिएको हो ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार सांसद डाँगीलाई सचेतक बनाउने निर्णय भएको छ । डाँगी झापाको भद्रपुर नगरपालिका वडा नम्बर १ की बासिन्दा हुनुहुन्छ । वहाँ समानुपातिकतर्फबाट रास्वपाकी प्रतिनिधि सभा सांसद बन्नु भएको हो ।
रास्वपाको संसदीय दलको बैठकले सभापति रवि लामिछानेलाई पुन संसदीय दलको नेता चयन गरेको छ । यस अघि लामिछानेको नागरिकता प्रकरणका कारण संसद पद खारेज भएसंगै संसदीय दलको नेताको पद पनि गुमेको थियो ।
प्रकाशित मिति:
मंगलबार, वैशाख १९, २०८०, ०७:०६:००