झापा, वैशाख १९ । एसिसी प्रिमियर लिग अन्तर्गत नेपाल र युएईबीचको हिजो रोकिएको फाइनल खेल आज सूचारु हुनेछ । वर्षाका कारण स्थगित भएको खेल स्थगीत भएकै स्थीतिबाट आगाडी खेलिने नेपाल क्रिकेट संघले जनाएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो । आज बिहान सोही स्थीतिबाट युएईले व्याटिङ गर्नेछ ।
जारी खेलमा नेपालका लागि ललित राजबंशीले ३ विकेट लिएका छन भने सन्दीप लामिछाने र करण केसीले २–२ तथा सोमपाल कामी र गुल्सन झाले १–१ विकेट लिएका छन । अहिलेसम्म यूएईका आसिफ खानले सर्वाधिक ४६ रन जोडेका थिए ।
आज पनि मौसम खराबी रहे र खेल हुन नसके आईसीसी वरीयताका आधारमा नेपाल विजयी हुनेछ । त्यसअघि सम्भव भएसम्म सुपर ओभरबाट भए पनि नतिजा निकाल्ने प्रयास गरिनेछ ।
प्रकाशित मिति:
मंगलबार, वैशाख १९, २०८०, ०६:५२:००