झापा,वैशाख १८ । एसिसी प्रिमियर लिग अन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण स्थगित भएको छ। स्थगित खेल आजकै स्थितिबाट भोलि सुरू हुनेछ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो।
आज बिहान ११ बजेर ४८ मिनेटमा रोकिएको खेल सोही अवस्थाबाट भोली विहान ९ बजेदेखि सुरु हृुनेछ ।
यूएईमाथि पहिलो पारीमा नेपाल हाबी छ ।
नेपालका लागि ललित राजबंशीले ३ विकेट लिएका छन् भने सन्दीप लामिछाने र करण केसीले २–२ तथा सोमपाल कामी र गुल्सन झाले १–१ विकेट लिएका छन् । यूएईका आसिफ खानले सर्वाधिक ४६ रन जोडेका थिए ।
भोलि पनि मौसम खराबी रहे र खेल हुन नसके आईसीसी वरीयताका आधारमा नेपाल विजयी हुनेछ । त्यसअघि सम्भव भएसम्म सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास गरिनेछ ।
प्रकाशित मिति:
सोमबार, वैशाख १८, २०८०, १५:४५:००