झापा, वैशाख १७ । साहित्यकार तेराख प्रतिष्ठान झापाले शनिबार एक भब्य कार्यक्रमका बिच नेपाल र भारतका दुई साहित्यक स्रष्ठालाई सम्मान गरेको छ । स्वर्गीय सहित्यकार तेजराज खतिवडा(तेराख) को नाममा स्थापना गरिएको प्रतिष्ठानले साहित्यकार हरिध्वज खत्री तिम्सिना र भारत दार्जिलिङका स्रष्ठा सुमित्रा थामी अविरललाई नगद र सम्मान पत्र सहित सम्मान गरेको छ ।
धुलाबारी माविको सभाहलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रा.डा बिवस पोखरेलले तिम्सिना र अविरललाई सम्मान पत्र र नगद जनही ४५ हजार प्रदान गर्दै सम्मान गर्नु भएको थियो । तेराख प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौड्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा तेराखको जीवनका बारेमा वहाँका जेठा छोरा समेत रहनु भएका प्रतिष्ठानका संरक्षक लेखनाथ खतिवडाले चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा तेराखकी धर्मपत्नी स्वर्गीय पद्मादेवी खतिवडाका नाममा स्थापना गरिएको पद्मादेवी छात्राबृत्ति धुलाबारी माविका उत्कृष्ट छात्रा करुणा लुइँटेललाई प्रदान गरिएको थियो । लुईटेललाई नगद ११ हजार र सम्मान पत्र प्रदान गरिएको प्रतिष्ठानकी सदस्य शुशिला दाहाल खतिवडाले जानकारी दिनु भयो ।
कार्यक्रमका बिच तेराखको कृति कन्हैया उपन्यासको समेत बिमोचन गरिएको थियो । तेराखको निधन पछि वहाँका पाण्डुलिपिहरुको खोजी गर्दा कन्हैया उपन्यासको पाण्डुलिपि भेटिए पछि वहाँको निधन पछि प्रकासन गरिएको प्रतिष्ठानका संरक्षक लेखनाथ खतिवडाले बताउनु भयो ।
कार्यक्रममा साहित्यकार पुण्यप्रसाद खरेल, तारा विविध, सम्मानित व्यक्तित्वद्वय तिम्सिना र अविरल, पत्रकार चन्द्र भण्डारीलगायतले तेराखका बारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रममा शुक्ला साहित्य संगम तनहुँका साहित्यकारहरुको समेत उपस्थिति रहेको थियो । प्रतिष्ठानका उपाध्यक्ष दुर्गा खतिवडाले स्वागत मन्तब्य गर्नु भएको कार्यक्रम सचिव जय भण्डारी र सदस्य मुना रानाको संयुक्त सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति:
आईतबार, वैशाख १७, २०८०, ०७:०३:००