झापा, वैशाख १६ । कार्यक्रमहरू ताेकिएकाे समयमा शुरू नहुने र अनावश्यक लामाे हुने भनेर चर्चा चलिरहेकाे बेला नेपाली लेखक संघ झापाले आयाेजना गरेकाे साहित्यकार सम्मान कार्यक्रम ५३ मिनेटमै सम्पन्न गरिएकाे छ । आयाेजकले शनिवार विहान ८:४५ मा शुरू गर्ने भनेर खबर गरेकाे उक्त भव्य कार्यक्रम पाँच मिनेट ढिलाे गरी ८:५० मा शुरू भएर ९:४३ मा समापन भएकाे थियाे ।
प्रथम लेखक दिवसकाे अवसरमा आयाेजना गरिएकाे साहित्यकार सम्मान कार्यक्रममा झापाका दुई अग्रज साहित्यकार काेमलप्रसाद पाेखरेल र राजेन्द्र संग्राैलालाई सम्मान गरिएकाे थियाे । कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ गितकार शिवशंकर थापाले सम्मानितहरूलाइ सम्मान पत्र प्रदान गर्नु भएकाे थियाे ।
नेपाली लेखक संघ झापाका अध्यक्ष कुमार भट्टराईकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा झापाका प्रतिष्ठित साहित्यिक व्यक्तित्वहरूकाे सहभागिता रहेकाे कार्यक्रममा सम्मानित व्यक्तित्व संग्राैला र प्रमुख अतिथि थापाले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे भने लेखक दिवसका बारेमा प्राज्ञ मुनाराज शेर्माले प्रकाश पार्नु भएकाे थियाे ।कार्यक्रम संघका सचिव समिरबाबु कट्टेलकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।
प्रकाशित मिति:
शनिबार, वैशाख १६, २०८०, ११:५२:००