काँकडभिट्टा,वैशाख १० । भारतको कोलकातामा आयोजना भएको त्रिदेशीय अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी वन्न नेपाली बहिरा क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
बहिरा क्रिकेट संघ भारतको आयोजनामा बिहीवार देखि शुरु प्रतियोगिता ६ मे सम्म जारी रहने छ। नेपालले आइतवार बंगलादेश बिरुद्ध र २३ गते भारत बिरुद्ध खेल्ने प्रशिक्षक रंजन निरौलाले जानकारी दिनुभयो । महेन्द्र लिम्बु फूदोङको कप्तानीमा १२ सदस्यीय टोली प्रतियोगितामा सहभागी वन्ने छ ।
टोलीलाई झापा जिल्ला क्रीकेट संघ का अध्यक्ष प्रबिन थापा , कोषाध्यक्ष चोला नाथ दहाल, झापा सुपर लिगका अध्यक्ष हिमाल बिके,युवा ब्यवसायी तथा पुर्ब क्रिकेटर बिधान श्रेष्ठलगायतले बिदाई गर्नुभएको छ ।
प्रकाशित मिति:
शुक्रबार, वैशाख १५, २०८०, १४:०३:००