झापा,वैशाख १३ । झापाको बुद्धशान्ति गाउँपालिकामा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा झडप भएको छ ।
अध्यक्ष ओलीले सम्बोधन गर्ने तय भएको कार्यक्रमस्थल बाहिर प्रहरी र प्रदेशको नाम कोशी राखिएको प्रति विरोध गरिरहेको समूहबीच झडप भएको हो ।
प्रहरीले कार्यक्रमस्थल जान खोज्ने प्रर्दशनकारीहरुलाई एक सय मिटर वर रोकेको थियो । सोही क्रममा ढुंगामुढा गरेपछि प्रहरीले लाठी चार्ज गरेकोजिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीले जानकारी दिनुभयो ।
प्रदर्शनकारीहरुको ढुंगा लागेर इलाका प्रहरी कार्यालय, धुलाबारीका प्रहरी निरीक्षक अनिल माबाेहाङ र प्रहरी सहायक हवल्दार सुदिन राजवंशी घाइते भएको प्रहरीले जनाएको छ ।
पुर्वि पहाडमा हुने बिभिन्न कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली आज झापा आउनुभएको हो ।
प्रकाशित मिति:
बुधबार, वैशाख १३, २०८०, १६:४९:००