झापा,वैशाख १३ । नेपाल बिद्युत प्राधिकरणले दुध चिस्यान केन्द्र तथा शितभण्डारहरुलाई दिदै आएको महशुल छुट पुर्ण रूपमा हटाएकाे छ ।
दुध चिस्यान केन्द्र तथा शितभण्डारहरुले खपत गरेको बिद्युत महशुलमा ५० प्रतिशत छुट दिदै आएको प्राधिकरणले बैशाखबाट त्याे छुट नदिने निर्णय गरेकाे हो । अब दुध चिस्यान केन्द्र तथा शितभण्डारहरुबाट पुरै महशुल असुल्न प्राधिकरणले प्रादेशिक तथा डिभिजन कार्यलयलाई निर्देशन दिएको छ ।
प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालद्धारा जारी सुचनामा २०७९ चैत्र २७ गत बसेको प्राधिकरण व्यवस्थापन समितिको निर्णय अनुसार २०८० बैसाख देखि दुध चिस्यान केन्द्र तथा शितभण्डारहरुलाई विद्युत महशुलमा दिदै आएको अनुदान रोक्का गरि ति निकायबाट पुरै महशुल असुल्ने निर्णय भएको उल्लेख छ ।
प्राधिकरणले प्रादेशिक तथा डिभिजन कार्यलय अन्र्तगतका बितरण केन्द्रबाट बिगत देखिनै दुध चिस्यान केन्द्र तथा शितभण्डारहरुलाई बिद्युत महशुलमा ५० प्रतिशत छुट दिदै आएको थियो ।

प्रकाशित मिति:
बुधबार, वैशाख १३, २०८०, १४:३१:००