झापा,वैशाख १३ । शिक्षक अमृता पाठक चौलागाइको कथा संग्रह "चैतु काका" आगामी वैशाख २३ गते लोकापर्ण हुने भएको छ ।
चौलागाइको पहिलो साहित्यिक कृतिका रुपमा प्रकाशित कथा संग्रहमा १६ वटा कथा समावेश गरिएको छ ।
कथा संग्रहमा समेटिएका कथाहरुमा बिशेषत समाजिक परिवेश र नारीप्रधान बिषयबस्तु समेटिएको कथा संग्रहका लेखक चौलागाइले जानकारी दिनुभयो ।
भुँडीपुराण प्रकाशन काठमाडौंद्वारा प्रकाशित कथा संग्रहकि लेखक चौलागाइ झापा मेचीनगर ९ स्थित कविशिरोमणि माविमा शिक्षकका रुपमा कार्यरत हुनुहुन्छ ।
प्रकाशित मिति:
बुधबार, वैशाख १३, २०८०, १४:१३:००