झापा, वैशाख १३ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले काँग्रेसलाई रुपान्तरित हुन सन्देश दिएको बताउनु भएको छ । उपनिर्वाचनमा विजयी हुनुहुनेहरुलाई बधाई दिंदै प्रतिनिधिसभा सदस्य समेत रहनु भएका शर्माले ट्वीटरमा लेख्नु भएको छ, ‘उपचुनावमा विजयी मित्रहरूलाई बधाई तथा शुभकामना । परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ ।’
शर्माले देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफुलाई बदल्नु पर्ने बताउनु भएको छ । आगामी दिन नयाँ ढंगले नयाँ अभियानमा जुट्ने समेत शर्माले उल्लेख गर्नु भएको छ ।
शर्माको ट्वीट यस्तो छ ।

प्रकाशित मिति:
बुधबार, वैशाख १३, २०८०, ०७:१५:००