झापा,बैशाख १२ । आफ्नै रेकर्ड ब्रेक गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट दोस्रो पटक निर्वाचित हुनु भएको छ ।
यसअघि मंसिर ४ को निर्वाचनमा ४९ हजार ३ सय मत ल्याएर निर्वाचित हुनुभएका लामिछाने उपनिर्वाचनमा त्यो भन्दा धेरै मत ल्याएर निर्वाचित हुनु भएको हो ।
भर्खरै सकिएको मतगणना अनुसार लामिछानेले ५४ हजार १७६ मत ल्याएर निर्वाचित हुनु भएको हो । यो संगै लामिछानेले आफ्नै रेकर्ड ब्रेक गर्नुभएको छ ।
लामिछानेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार २ सय १४ मत प्राप्त गर्नुभएको छ । उहाँहरूबीच ४२ हजार ९ सय ६२ मत अन्तर रहेको छ ।
त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत प्राप्त गर्नुभएको छ ।आइतबार सम्पन्न निर्वाचनमा कुल ७८ हजार २ सय ७७ मत खसेको थियो ।
नागरिकता विवादमा यसअघि लामिछानेको पद गएसँगै चितवन–२ मा उपनिर्वाचन भएको हो ।
प्रकाशित मिति:
मंगलबार, वैशाख १२, २०८०, १२:४३:००