झापा, बैशाख ६ । झापाको मेचीनगर नगरपालिकाको आठ महिने शिशुमा कोरोना संक्रमण भएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरमा गराएको पिसिआर परीक्षणका क्रममा मंगलबार आठ महिने शिशुमा कोरोना संक्रमण पुष्टी भएको मेचीनगर स्वास्थ्य शाखा प्रमुख सबिता सापकोटा निरौलाले जानकारी दिनु भयो ।
हिजो नै गराएको पिसिआर परीक्षणमा थप एक जना तिन महिने शिशुमा समेत कोरोना संक्रमण पुष्टी भएको मेची प्रादेशिक अस्पताल भद्रपुरले जनाएको छ । हल्दिवारी गाउँपालिकाका तिन महिने शिशुमा कोरोना पुष्टी भएको बताइएको छ ।
यसैबिच हिजो एकै दिन नेपालमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लोे तथ्यांक अनुसार कुल दुई हजार २९२ जनामा परीक्षण गर्दा १७१ जनामा संक्रमण पुष्टि भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३९७ रहेको छ । त्यसैगरी आईसीयूमा ८ जना र भेन्टिलेटरमा ४ जना कोरोना संक्रमित उपचाररत छन ।
प्रकाशित मिति:
बुधबार, वैशाख ६, २०८०, ०७:३८:००