झापा, चैत २९ । आज विहानै भुकम्पको झट्का महशुस गरिएको छ । आज विहान ५ः५० बजेको समयमा भारतको छत्तीसगढ राज्यको बिलासपुर जिल्ला अन्तर्गतको पहुनसरा गाउँमा केन्द्रबिन्दु बनाई ५.३ म्याग्नेच्युटको भुकम्प आएको राष्ट्रिय भुकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताउनु भयो ।
आज विहानको भुकम्पले नेपालको पुर्वी भेगमा हल्लाएको महशुस गरिएको भए पनि भुकम्पका कारण कुनै क्षति भएको विवरण आएको छैन ।
प्रकाशित मिति:
बुधबार, चैत २९, २०७९, ०७:१७:००