झापा, चैत २८ । कोरोना भाइरसबाट हिजो एकैदिन १२४ जना संक्रमित थपिएका छन । ९०३ जनाको पीसीआर परीक्षण गर्दा ७७ जना तथा एक हजार ६ सय ६३ जनाको एन्टिजेन परीक्षणबाट ४७ संक्रमित थपिएका हुन । हिजो थपिएको संक्रमितको संख्या यो वर्षकै सबैभन्दा बढी हो ।
काठमाडौं उपत्यकामा मात्रै २१ जना संस्थागत आइसोलेसनमा, १० जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार मात्र २९ जना संक्रमणमुक्त भएका छन । स्वास्थ्य मन्त्रालयले मापदण्ड अपनाउन र बुस्टर डोज लगाउन आग्रह गरिरहे पनि खोप लगाउने भने बढ्न सकेका छैनन । सोमबार मात्र १९ हजार २ सय ६३ जनाले खोप लगाएका छन । सक्रिय संक्रमितको संख्या बढेर पीसीआर परीक्षणका मात्रै ४ सय ४४ पुगेका छन ।
प्रकाशित मिति:
मंगलबार, चैत २८, २०७९, ०६:५३:००