झापा, चैत २८ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवशायी दुर्गा प्रसाई बिचको सार्वजनिक भएको सम्बादको बिषयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अगाडी बढाएको छ । सञ्चारमाध्यममार्फत सार्वजनिक भएको श्रेष्ठ र प्रसाई बिचको दुई करोड लेनदेनको अडियो सामाग्रीलाई नै प्रमाण मानेर अख्तियारले अनुसन्धान अगाडी बढाएको हो ।
सोमबार बसेको अख्तियारका आयुक्तहरुको बैठकले सांसद श्रेष्ठ र व्यवशायी प्रसाईबिच भएको सम्बाद प्रकरणमा सञ्चारमाध्यममा सार्वजनिक भएका बिषयलाई सार्वजनिक उजुरी मानेर अनुसन्धान अगाडी बढाउने निर्णय गरेको थियो । ‘सञ्चारमाध्यममा आएका बिषयलाई प्रमाणका रुपमा लिएर अनुसन्धान अगाडी बढाउने गरिएको छ,’ अख्तियार प्रवक्ता भोला दाहालले बताउनु भयो ।
स्वास्थ्य मन्त्री बन्न पार्टीलाई अडाई करोड बुझाउनु पर्ने भन्दै रास्वपाका सांसद श्रेष्ठले झापा बिर्तामोडस्थीत बिएण्डसी अस्पतालका सञ्चालक प्रसाईलाई दुई करोड रकम माग गरेको टेलिफोन वार्ता सञ्चारमाध्यममार्फत दुई दिन अघि सार्वजनिक भएको थियो ।
अडियो सार्वजनिक भए लगत्तै रास्वपा सभापति रवि लामिछानेले तत्कालकालागि सांसद श्रेष्ठलाई निलम्बन गरी आन्तरिक रुपमा छानविन गर्ने बताउनु भएको थियो ।
प्रकाशित मिति:
मंगलबार, चैत २८, २०७९, ०६:२५:००