झापा, चैत २७ । कोरोना भाइरसको महामारी बढ्न थालेसंगै आईसीयू र भेन्टिलेटरमा रहने बिरामीको सख्या पनि बढेका छन । काठमाण्डौ उपत्यकामा कोरोना भाइरसको संक्रमणका कारण आईसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्या ११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ जना आईसीयू र ४ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
हिजो मात्रै ५५ जना नयाँ संक्रमित थपिएका छन । जसमा ६७१ जनाको पीसीआर परीक्षण गर्दा ५० जना संक्रमित भेटिए भने ५४५ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टी भएको हो ।
योसँगै पीसीआर परीक्षणका सक्रिय संक्रमितको संख्या ३९६ पुगेको छ । उपत्यकामा १३ जना संस्थागत आइसोलेसनमा छन । हिजो एकै दिन २७ हजार ९७६ जनाले खोप लगाएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि बुस्टर डोज लगाउन आग्रह गर्दै आएको छ ।
प्रकाशित मिति:
सोमबार, चैत २७, २०७९, ०६:५८:००