झापा, चैत १७ । नेपालमा कोरोना भाइरसको महामारी तीव्र गतिमा फैलिएको छ । बिहीबारमात्रै ४२ जना नयाँ संक्रमित थपिएका छन् ।
तीन सय जनाको पीसीआर परीक्षणबाट ३७ तथा ६१५ एन्टिजेन परीक्षणबाट ५ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पीसीआरबाट संक्रमित संख्या परीक्षणको १२.३४ प्रतिशत हो । संक्रमण दरका हिसाबले यो संख्या निक्कै बढी हो ।
रुघा, खोकी, ज्वरो आएमा तत्काल परीक्षण गराई सावधानीपूर्वक रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । कोरोना संक्रमणका बिषयलाई लिएर कुनै पनि खालको लापरबाही नगर्न आग्रहसमेत सरकारले आग्रह गरेको छ ।
थपिएका ४२ सहित सक्रिय संक्रमित संख्या १२३ पुगेको छ । बिहीबार १७ जना संक्रमणमुक्त भएका छन् । ४१ हजार ४०९ जनाले खोप लगाएका छन् ।
प्रकाशित मिति:
शुक्रबार, चैत १७, २०७९, ०७:०७:००