...जसमाया तामाङ्ग...
सम्माननिय सभामुख महोदय,
यो सम्मानित सदनमा मैले अहिले उच्चारण गरेको नाम,
झापा बुद्ध शान्ति गापा, सट्टाभर्नाकी भुँई मान्छे ८० बर्षिया एक आदरणीय आमाको हो l उहाँ जहिल्यै सोध्नुहुन्छ - मैले स्वास फेरिरहेकोे यो एक टुक्रा जग्गाको लालपुर्जा मेरो हातमा कहिले पर्छ ?
* भांगा गोला,
* प्यारिभिट्टा,
* मेची डाँडा,
* टिकापुर
* काली झोडा
* खम्बुटार
* खरेडाँगी
अनि देशको अनेकौं भेगका नागरिक सोधिरहेका छन् -
# नापी कहिले आउँछ ? लालपुर्जा कहिले पाइन्छ ?
बुद्ध शान्ति लगायत कतिपय ठाउँमा सरकारले लालपुर्जा वितरण सूरूपनी गर्यो तर गरीब जनताले चर्को कर तिर्न सक्दैनन् भन्ने हेक्का राखिएन l
त्यसैले सम्माननिय सभामुख मार्फत-
म सरकारलाई एकसाथ ४ आग्रह गर्दछु l
एक - नापी नभएको ठाउँमा अविलम्ब नापी सूरू गरियोस् l
दुई - जनताले तिर्न नसक्ने कर घटाएर न्यून बनाइयोस् l
तिन - कर समायोजनसँगै लालपुर्जा वितरण अघि बढाइयोस्
चार - अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या समाधान गर्ने अन्तिम मितिको सुविचारित घोषणा गरियोस् l धन्यवाद l
जय नेपाल !
प्रकाशित मिति:
आईतबार, चैत १२, २०७९, १३:५६:००