बिराटनगर, चैत १० । नेपाल शिक्षक संघकाे काेशी प्रदेश अध्यक्षमा तेजप्रसाद चाैलागाई विजयी हुनु भएकाे छ ।
बिराटनगरमा आज सम्पन्न निर्वाचनमा झापा मेचीनगरस्थीत धुलाबारी माविका सहायक प्रधानाध्यापक चाैलागाईले १९० मत प्राप्त गरी विजयी हुनु भएकाे । अध्यक्षका अर्का उम्मेद्वार धनकुटाका गंगाराम ढुंगानाले १५६ मत प्राप्त गर्नु भएकाे छ ।
त्यस्तै महासचिवमा मात्रिका प्रसाद न्याैपानेले १७३ प्राप्त गरी विजयी हुनु भएकाे छ । वहाँका प्रतिस्पर्धी बद्री कार्कीले १५९ मत प्राप्त गर्नु भएकाे छ । बरिष्ठ उपाध्यक्षमा सुरेशकुमार चाैधरी विजयी हुनु भएकाे छ । चाैधरीले १७५ मत ल्याएर विजयी हुँदा वहाँका प्रतिस्पर्धी हेमराज खतिवडाले १६६ मत ल्याउनु भयाे ।
त्यस्तै महिला उपाध्यक्षमा राजकुमारी भण्डारी (बिमला) ले १८८ मत ल्याएर विजयी हुनु भयाे । वहाँका प्रतिस्पर्धी रेखा पराजुलीले १६६ मत पाउनु भयाे ।
४३८ मतदाता रहेकाे संघकाे निर्वाचनमा ३४८ मत खसेकाे निर्वाचन समितिले जनाएकाे छ ।
प्रकाशित मिति:
शुक्रबार, चैत १०, २०७९, २०:२५:००