काकरभिट्टा, चैत ६ । काकरभिट्टास्थीत मेची सामुदायिक सेवा केन्द्रको भोलि(मंंगलबार) हुने निर्वाचनका लागि अध्यक्ष पदका उम्मेद्वार विना तामाङ नेपाली काँग्रेसको तर्फबाट आधिकारिक उम्मेद्वार भएको स्पष्ट पारेको छ ।
नेपाली काँग्रेस मेचीनगरका सभापति सुदयकुमार पनेरुले आज एक प्रेस विज्ञप्ती जारी गर्दै मेची सामुदायिक सेवा केन्द्रको निर्वाचनका लागि अध्यक्षमा तामाङ र सचिवमा अर्जुन राई आधिकारिक उम्मेद्वार भएकाले वहाँहरुलाई मतदान गरी विजयी बनाउन सबैलाई अपिल गरेको छ ।
केन्द्रको मंगलबार हुने मतदानका लागि नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलहरु मिलेर संयुक्त रुपमा उम्मेद्वारी दर्ता गरेका छन । केन्द्रको उपाध्यक्ष र महासचिव लगायतका पदहरुमा सर्वसम्मत भए पनि अध्यक्ष र सचिवमा भने भोलि मतदान हुँदैछ । काँग्रेसका तर्फबाट अध्यक्षका उम्मेद्वार तामाङ यस क्षेत्रकी अगुवा महिला नेताका रुपमा स्थापित हुनुहुन्छ भने लामो समयदेखि मेची सामुदायिक सेवा केन्द्रका विभिन्न पदहरुमा बसेर सेवा मूलक काम गरिरहनु भएको छ । तामाङ वर्तमान समितिको बरिष्ठ उपाध्यक्ष समेत हुनुहुन्छ ।
त्यस्तै सचिवमा काँग्रेसका उम्मेद्वार अर्जुन राई युवा नेताका रुपमा स्थापित व्यक्तित्व हुनुहुन्छ । तरुण दलका क्षेत्रीय सभापति समेत रहनु भएका राई आम मानिसहरुबीच सहयोग स्वभावका व्यक्तिका रुपमा परिचित हुनुहुन्छ ।
भोलि हुने निर्वाचनका लागि केन्द्रमा ५१० जना मतदाता रहेको निर्वाचन समितिका संयोजक डिल्लीराम घिमिरेले बताउनु भयो ।

प्रकाशित मिति:
सोमबार, चैत ६, २०७९, १४:३२:००