काकरभिट्टा,चैत्र ६ । झापाको काकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनका लागि ३ वटा संगठनले उम्मेद्वारी दर्ता गरेका छन । काँग्रेस निकट नेविसंघ र एमाले निकट अनेरास्ववियुले एक्ला एक्लै उम्मेद्वारी दर्ता गर्दा समाजवादी अनेरास्वीयु,अखिल क्रान्तिकारी र राप्रवियुले संयुक्त प्यानल बनाएर उम्मेद्वारी दर्ता गरेका हुन ।
नेविसंघले अध्यक्षमा विशाल तामाङ, सचिवमा सुवास खत्री र कोषाध्यक्षमा निसा धमला सहित प्यानलकै उम्मेद्वारी दर्ता गराएको निर्वाचन समिति संयोजक हेमकुमार खड्काले जानकारी दिनुभयो । त्यस्तै अनेरास्वीयुबाट अध्यक्षमा रोशन भुजेल र सचिवमा सन्देश पौडेलको उम्मेद्वारी दर्ता भएको छ । संयुक्त प्यानलबाट बिनम सरदारले अध्यक्ष तथा सुरज राजवशींले सचिवमा उम्मेद्वारी दर्ता गराएको निर्वाचन समिति सदस्य दुर्गा बहादुर लुइटेलले जानकारी दिनुभयो ।
विद्यार्थी संगठनहरूबिच विवाद हुँदा चैत ५ गते निर्वाचन हुन नसके पछि चैत १० गतेका लागि सारिएको स्ववियु मतदानका लागि आज उम्मेद्वारी दर्ताको तोकिएको थियो । काकरभिट्टा क्याम्पसमा ६ सय १६ जना मतदाता रहेको र ८ जना प्रत्यक्ष तथा ७ जना समानुपातिक तर्फबाट निर्वाचित हुने गरी १५ सदस्यीय स्ववियु गठन हुने क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले बताउनु भयो ।
उम्मेदवारहरुको नामावली :


प्रकाशित मिति:
सोमबार, चैत ६, २०७९, १३:२३:००